२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नयाँ योजना सार्वजनिक


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 7.8K
    SHARES

  • images
    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नयाँ योजना सार्वजनिक


    काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गर्दै ‘सूर्यज्योति सहि प्लान’ योजना सार्वजनिक गरेको हो।

    यस योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरू छन्। यसबाहेक ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिनेछ।

    नेपाली जीवन बीमा क्षेत्रमा नयाँ सोचका साथ आम मानिसहरूको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ‘सहि प्लान’ पहिलो पटक सूर्यज्योतिले सार्वजनिक गरेको हो।

    बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रायः नेपालीहरूले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने गर्छन्। यही कमीलाई पूरा गर्ने अठोटका साथ सूर्यज्योतीले नयाँ बीमा योजना ल्याएको हो।

    नयाँ योजना सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिमा बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई थिए। उक्त कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागायत प्राधिकारणका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति थियो।

    त्यस्तै कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, निर्देशकहरू नन्द किशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयालको पनि उपस्थिति थियो।

    बीमा प्राधिकरणका अध्यक्ष सिलवालले जनताले लिनसक्ने परम्परागत बीमालेख भन्दा भिन्न श्रृजनशील र विशेषता सहितको योजना सार्वजनिक गरेकोमा सूर्यज्योति लाइफलाई धन्यवाद व्यक्त गरे। उनले परम्परागत बीमालेख भन्दा सूर्यज्योतिले ल्याएको भिन्न बीमालेखबाट आम जनता लाभावन्तित हुनेमा आफू विश्वस्त भएको समेत बताए।

    नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ‘सहि प्लान’ पहिलोपटक सूर्यज्योतिले पस्केको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार प्राय नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने बुझिएको छ।

    केहि बिपत्ति आइलागेपछि उक्त सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्त नहुने र परिवार नै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ । यहि कमीलाई नै पुरा गर्ने अठोटका साथ सूर्यज्योतीले ‘सहि प्लान’नामक बीमा योजना ल्याएको हो।

    उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० बर्ष पुगेपश्चात तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहि रहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगविरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend