२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 16.9K
    SHARES

  • images
    कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

    कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

    शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।

    यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए । उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र  सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा  तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend