२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु, सिंगारिन थाले जलाशय


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 8.8K
    SHARES

  • images
    तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु, सिंगारिन थाले जलाशय


    काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ ।विशेष गरी तराई मधेशमा मनाईने छठ पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।

    गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन् ।

    गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी छ ।
    पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् ।तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend