२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १८ जनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 8.3K
    SHARES

  • images
    गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १८ जनाको मृत्यु


    काठमाडौं । गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ ।प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

    हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसूद, अल अस्ली, अल तुलुली, अबु दान र अबु दयार परिवारका सदस्यहरू रहेका छन्।जबलियाको छेउमा रहेको फलुजाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा थप तीन नागरिकको मृत्यु भएको प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ।

    इजरायली हवाई आक्रमण र गाजा शहरमा तोपखाना फायरले शेख रदवान, तुफाह र शुजैया छिमेकहरू साथै याफा स्ट्रीटलाई निशाना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend