२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर बाग्लुङमा एकको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 7.4K
    SHARES

  • images
    अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर बाग्लुङमा एकको मृत्यु


    काठमाडौं । बागलुङमा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान अलपत्र परेको तारमा कुल्चिदा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार काउलेमा ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको हो । उनका अनुसार काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

    निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु हुन पुगेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend