२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रुपन्देहीको देवदहमा बस दुर्घटना, २० घाइते मध्ये दुइ गम्भिर


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 8.2K
    SHARES

  • images
    रुपन्देहीको देवदहमा बस दुर्घटना, २० घाइते मध्ये दुइ गम्भिर


    काठमाडौं । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ ।गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् । सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका–८ भलुहीमा पल्टिएको थियो ।

    मध्यरातमा अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्। प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend