२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखि विधिवत रुपमा सुरु भयो छठ, पहिलो दिन नहाय खाय


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 7.4K
    SHARES

  • images
    आजदेखि विधिवत रुपमा सुरु भयो छठ, पहिलो दिन नहाय खाय


    काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरुवात भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ ।ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरीन्छ ।

    श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि ब्रतालुले खरना गर्दछन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् ।

    बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन । खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् ।त्यसलाई खरना भनिन्छ ।

    तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend