२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रतिबन्धपछि नेपाललाई टिकटकको सात बुँदे पत्र– कारण खुलाऊ, माग सम्बोधन गर्छौं


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 11.7K
    SHARES

  • images
    प्रतिबन्धपछि नेपाललाई टिकटकको सात बुँदे पत्र– कारण खुलाऊ, माग सम्बोधन गर्छौं

    बिहीबार, कात्तिक ३०, २०८०
    काठमाडौं । प्रतिबन्धमा परेपछि टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो । पत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गरेको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको सहकार्य विपरीत रहेको पत्रमा उल्लेख छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर लेखिएको पत्रका भनिएको छ, टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न संवादका लागि सहकार्य गर्न प्रतिबद्ध छौँ । साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारणसमेत खुलाइदिन अनुरोध गर्दछौँ ।

    उसले अक्टोबर २०२२ देखि जुन २०२३ सम्मको अवधिमा कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने नेपाली प्रयोगकर्ताका २९ लाख ८० हजार भिडिओ हटाएको पनि बताएको छ । टिकटकले वाक स्वतन्त्रताको विषय पनि उठाएको छ । रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तविपरीत हुने टिकटकको तर्क छ ।

    नेपाल सरकारबाट उठाइएका कुनै पनि सरोकारका विषयलाई सम्बोधन गर्न र दुवै पक्षको चासोलाई समेट्नेतर्फ काम गर्नेछौँ, टिकटकले भनेको छ ।टिकटकले सरकारले टिकटक प्रतिबन्ध लगाएकै दिन प्राधिकरणलाई पत्र पठाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend