२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

त्रिपालमुनि भूकम्पपीडितको तिहार


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 6.7K
    SHARES

  • images
    त्रिपालमुनि भूकम्पपीडितको तिहार

    रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।

    कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाए। 

    भूकम्पले घरका क्षति पुर्‍याउँदा उनको परिवार त्रिपालमुनिनै बस्न बाध्य छ। ‘तिहार नजिकिँदै गर्दा भूकम्पले तिहारको रौनक खोस्यो,’ जनविकास माध्यमिक विद्यालय टाकुराका प्रधानाध्यापकसमेत रहेका उनले भने, ‘जेजस्तो भए पनि जेनतेन तिहारलाई बिदाइ गरियो।’ उनीसँगै उनका दाइ भीमबहादुर र कमलले पनि दिदीबहिनी कोमल र चाँदनीको हातबाट टीका र माला लगाए।

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा अधिकांश भूकम्पपीडितले त्रिपालमुनिमै तिहार मनाए । केहीका घरहरू भत्किएका छन् भने केही घरहरू बस्न नमिल्ने गरी चर्किएका छन् । ‘घरभित्र गएर टीका टाला गर्ने अवस्था छैन,’ दिपकसंगमले भने, ‘त्यसैले जहाँ बसेका छौँ, त्यही बसेर तिहार मनायौँ।’ पहिला जस्तो उत्साह नभए पनि पीडाभित्र पनि उमङ्गका साथ तिहारलाई बिदाइ गरेको उनी बताउँछन्।

    जाजरकोटका धनबहादुर सार्कीले पनि चर्किएको घर नजिकै बनाएको त्रिपालभित्रै भाइटिका लगाए।मिठो मसिनो खाएर तिहारलाई बिदाइ गरिएको भन्दै उनले भने, ‘पहिलाजस्तो उमङ्ग छैन।अहिले हामी पीडामा छौँ।पिडाबिचबाट पनि वर्षमा एक पटक आउने तिहारलाई बिदाइ गरियो ।’ त्यस्तै जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बद्रीबहादुर पन्तले पनि चर्किएको घरमै टीका लगाए।मनभरिको पीडा सँगालेर तिहार मनाएको उनको भनाइ छ।

    उनका अनुसार जाजरकोटका अधिकांश भूकम्पपीडितले यसै गरी तिहार मनाए । घरभित्र पस्न सक्ने अवस्था नभएको भन्दै उनले भने, ‘पीडा लगत्तै उमङ्गको पर्व भित्रियो । जो जहाँ छौँ त्यही बसेर तिहार मनायौँ ।’ भूकम्प प्रभावित क्षेत्रमा तिहार मनाएर पनि खासै उमङ्ग थिएन । गाउँभरि शोकमा थियो।शोकको बिचमा तिहारले मुस्कुराउन प्रयास गरे पनि अझै राहत र पुनर्स्थापना नहुँदा भने उनीहरूको तिहार हर्ष र उल्लासमय हुन सकेन।

    उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको थियो भने दुईभन्दा बढी घाइते भएका थिए।यहाँका जिल्लामा करोडौँ मूल्य बराबरको धन सम्पत्तिमा क्षति पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend