२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दुर्घटनामा दुई जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 7.2K
    SHARES

  • images
    दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-६  मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

    मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका-५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन्।

    को २ ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ।

    त्यसैगरी मोटसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा(३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ। बा २७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो। खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend