२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भारतको जम्मु–कश्मीर मार्गमा बस दुर्घटनाः ३६ यात्रुको मृत्यु


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 9.8K
    SHARES

  • images
    भारतको जम्मु–कश्मीर मार्गमा बस दुर्घटनाः ३६ यात्रुको मृत्यु


    काठमाडौं । भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीनसय फिट गहिरो खोंचमा खसेको छ । यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले जनाएको छ ।
    यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गईरहेको थियो ।

    प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका थिए ।सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो ।

    घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ ।बसमा ५५ जना यात्री सवार थिए ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैंयाँ र घाईतेलाई ५० हजार रुपैंयाँ सहयोग दिने घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend