२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौँमा जुवाको खालबाट २२ जना पक्राउ


सञ्चार डबली
  • मंगलबार, कात्तिक २८ २०८०
  • 8.6K
    SHARES

  • images
    काठमाडौँमा जुवाको खालबाट २२ जना पक्राउ

     

    काठमाडौं। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत छन् । यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।
    जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।

    प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्त समेत रहेका छन् ।

    पक्राउ पर्नेहरू अम्बिर अधिकारी, नवराज तामाङ, सरोज अधिकारी, श्याम बाबु, टेक बहादुर कार्की, संजय मडहरी, कुमार खड्का, लोक बहादुर बोहोरा, चित्र तामाङ, विष्णु लाल लामा, लोप्साङ लामा, विशाल तामाङ, विकास खत्री, राजु जि।सी, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, केशव राज अधिकारी, भुवन दाहाल, राम बहादुर लामा, प्रताप दानी, लोक बहादुर श्रेष्ठ र भरत बोहरा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend