२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 9.1K
    SHARES

  • images
    भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो


    काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

    आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो । उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ ।

    शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन् । उनीहरुले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम संकलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन् । उनीहरुले देउसी गाउँदा पनि भूकम्प र त्यसले ल्याएको पारेको नकारात्मक प्रभाव तथा समस्या बारेमा भट्याएका एवं गीत गाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend