२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्पपीडितका लागि कृषि विकास बैंकले गर्यो ५० लाख सहयोग


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 7.9K
    SHARES

  • images
    भूकम्पपीडितका लागि कृषि विकास बैंकले गर्यो ५० लाख सहयोग

    काठमाडौं । कृषि विकास बैंकले जाजरकोट, रुकुम–पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे।उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं.०१००२०१००२९०७०१४ मा रकम जम्मा गरिएको छ।

    जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम–रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ।

    भूकम्प पीडितलाई विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेका छन्। कृषि विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरूको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend