२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिले दियो निर्देशन


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 9.0K
    SHARES

  • images
    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिले दियो निर्देशन


    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ ।

    सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिंदै रोकिएको लाइसेन्स प्रक्रिया पछिल्लो पटक गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र २९ जेठमा अर्थ समितिको निर्देशनपछि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोकेको थियो ।

    तर, शुक्रबार बसेको अर्थ समितिको बैठकले नयाँ स्टक एकसचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको आदेश, अध्यनबाट प्रतिष्पर्धा र गुणस्तर बढाउनुपर्ने देखिएको, एकाधिकार घटाउनुपर्ने समितिका सदस्यहरुले बताएका छन् । यसलाई दृष्टिकोण गरी लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय भएको हो ।

    धितोपत्र बोर्डले २ असोज २०७९ मा एकसाथ स्टक ब्रोकर, कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जको लाइसेन्सको लागि आवदेन आह्वान गरेको थियो । बोर्डले स्टक एक्सचेञ्जको लागि ४५ दिन रसेयर ब्रोकरको लागि ३५ दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend