२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइएमई लाइफको नाफामा ७६ प्रतिशतले वृद्धि


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 8.9K
    SHARES

  • images
    आइएमई लाइफको नाफामा ७६ प्रतिशतले वृद्धि

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य छलाङ मारेको छ।

    कम्पनीले ०८०–८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ७६ प्रतिशत बढी नाफा गरेको हो ।

    कम्पनीले असोज मसान्तसम्म १ अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    चालु वर्षको तीन महिनामा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

    यस अवधिमा कम्पनीको चुक्त पुँजी ४ अर्ब रुपैयाँ छ भने जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ छ ।यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३।०४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७१.९९ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend