बिहीबार, कात्तिक २३, २०८०
काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी उनको आज निधन भएको हो ।
आज दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालमा ल्याउँदा विष सेवन गरेको अवस्था थियो ।“उहाँलाई बुधबार साँझ अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा विष सेवन गरेको पाइयो,” अस्पताल स्रोतले सञ्चारडवलीसित भन्यो, “उहाँको आज दिउँसो निधन भएको हो ।”
जलपरी नामले चिनिएकी उनले ‘चाल’, ‘बिरानो माया’, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी थिइन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ । सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।


