२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आलमविरुद्धको मुद्दामा १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न आदेश


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.9K
    SHARES

  • images
    आलमविरुद्धको मुद्दामा १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न आदेश

    संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा २०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा मुछिएका तत्कालीन सांसद एवं नेपाली काँग्रेसका नेता महम्मद आफताव आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतले ‘बहस नोट’ पेस गर्ने आदेश दिएको छ।

    मुद्दाका वादी र प्रतिवादी गरी दुवैतर्फको बहस सकिएपछि बुधबार जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको हो।

    images
    images

    जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार मुद्दाको गम्भीरता समेतलाई विचार गर्दा वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहट, जाहेरवाला कानुन व्यवसायीलाई लिखत नोट पेस गर्न १५ दिनको समयावधि दिइएको हो। 

    मंगलबारदेखि दुई दिन चलेको बहसमा वादी नेपाल सरकारको तर्फबाट सरकारी वकिल बद्रीकुमार कार्की, सहायक सरकारी वकिलद्वय दयानिधि रिजाल र विजय महतो तथा जाहेरवालाको तर्फबाट पुष्प पौडेलले बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट साबिर हुसैन, संजिव मल्लिक, आफताव आलम, अनन्त कोइराला, अतिकुर रहमान, लालबाबु यादव सहितका अधिवक्ताहरुले बहस गरेका थिए।

    बुधबार दिउँसोसम्म बहस सकिएपछि न्यायाधीश बानियाँको एकल इजलासले सो आदेश दिएको श्रेष्तेदार ढोडारीले जानकारी दिए।

    २०६४ चैतको घटनामा आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालत गौरमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियो।

    images

    ३२ वर्ष कैद सजाय माग दाबीसहित अदालतमा आलमविरुद्ध तीन ओटा मुद्दा चलाइएको छ।  मुद्दाको बहस र सुनुवाइबाट रौतहट जिल्ला अदालत गौरका तत्कालीन माननीय न्यायाधीश दीपक ढकालको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्मका लागि कात्तिक २९ गते जेल चलान गर्ने आदेश दिएको थियाे।

    पूर्व मन्त्री आलम गत करिब चार वर्षदेखि केन्द्रीय कारागारमा कैदीसरह जीवन व्यतीत गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend