२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कालिकोटमा भीरबाट लडेर एक व्यवसायीको मृत्यु


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 8.0K
    SHARES

  • images
    कालिकोटमा भीरबाट लडेर एक व्यवसायीको मृत्यु

    कालिकोट । लालीघाट बजारमा होटल व्यवसाय गर्दै आएका पलाता-९ थिर्पूका ४९ वर्षीय व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको छ ।

    नरहरिनाथ-१ मा पर्ने जितेमा माछा मार्न थापेको पासा निकालेर फर्किने क्रममा बुधबार बिहान भीरमा चिप्लिएर लडेका ४९ वर्षीय बमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोषण थापाले बताए । उनको शव पोस्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मान्म ल्याइएको छ ।

    १० वर्षदेखि होटल व्यवसाय गरेर परिवारको लालनपालन गरिरहेका बमका श्रीमती, ३ छोरा र २ छोरी छन् । घरमुलीको मृत्युपछि परिवारको बिचल्ली भएको पलाता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बम पलातीकान्छाले बताए ।

    मंगलबार विहान माछा मार्न गएका स्थानीयले लास देखेर प्रहरीलाई खबर गरेका थिए । दसैंअघि नदीमा बेपत्ता भएका उपाध्यायको परिवारले यसअघि नै काजकिरिया गरिसकेकाले वडाध्यक्षको रोहवरमा आफन्तले लासको सनाखत गरेर बालीघाटमा अन्त्येष्टि गरिएको डिएसपी अर्जुन केसीले बताए ।

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend