२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भोलिदेखि काठमाडौं महानगरले सडकमा भेटिने गाईबाच्छा काञ्जी हाउसमा राख्ने


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 7.8K
    SHARES

  • images
    भोलिदेखि काठमाडौं महानगरले सडकमा भेटिने गाईबाच्छा काञ्जी हाउसमा राख्ने


    काठमाडौं । भोलिदेखि काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत भोलि देखी महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् ।

    उनले लेखेका छन्,‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएका छौं ।’

    उनले सडकमा छाडिएका चौपाया सवारी दुर्घटनाको जोखिम भएको कारण जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको भन्दै लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका जानकारी दिए ।

    ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।’उनले थप लेखेका छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं। ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend