२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘ह्याप्पी माइन्ड्स’ को भूकम्प पीडितका लागि निःशुल्क टेलिफोन मनोपरामर्श सेवा


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 8.2K
    SHARES

  • images
    ‘ह्याप्पी माइन्ड्स’ को भूकम्प पीडितका लागि निःशुल्क टेलिफोन मनोपरामर्श सेवा


    काठमाडौं । मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने संस्था ‘ह्याप्पी माइन्ड्स’ले पश्चिम नेपालका भूकम्प पीडितहरुको लागि निःशुल्क टेलिफोन परामर्श सेवा सुरु गरेको छ । यतिबेला भूकम्प पीडितले मानसिक रुपमा त्रास, चिन्ता र विविध चुनौतिको सामना गरिरहेका छन् । अधिकांश पीडित घरबार बिहीन हुँदा धेरैले आफ्नो परिवाजन र आफन्त गुमाएको पीडामा छन् ।

    जसले प्रभावित क्षेत्रका नागरिक मानसिक रुपमा विक्षिप्त जस्तो अवस्थामा छन् । यो अवस्थालाई सहयोग गर्न ह्याप्पी माइन्ड्सका मनोपरामर्शदाता ताशी गुरुङले संस्थाको तर्फबाट प्रभावितका लागि निःशुल्क मनोपरामर्श दिइन लागेको बताए ।

    उनले भने, ‘आफ्नो परिवारको निकट सदस्य भूकम्प जस्तो प्रकोपमा परी सधैंको लागि गुमाउनु पर्दा वा आफंै चोटपटक लागि घाइते हुँदा मानिसहरुले ठूलो मानसिक चोट खप्नु परेको हुन्छ। यस्तो पीडा लामो समयसम्म रहन्छ । र शोक, आघात, त्रास, निराशा जस्ता संवेगले मानिसको दैनिक जीवनलाई नराम्रोसंग प्रभावित गर्न सक्छन। त्यस्तो बेला विज्ञ चिकित्सक तथा परामर्श दाताको सल्लाह लिनु उपयुक्त हुन्छ,त्यसैले हामीले सेवा दिन अघि सरेका हौं ।’निःशुल्क सेवा लिन चाहनेले ९८०१०२९५०० मा सम्पर्क गरेर सेवा लिन सक्ने संस्थाका मनोपरामर्शदाता ताशी गुरुङले बताए ।

    ह्याप्पी माइन्ड्सकी संस्थापक तथा प्रवन्ध निर्देशक श्रीया गिरीले कोभिड महामारी पछि स्थापना गरिएको उक्त कम्पनीले छोटो समयमै संसारका विभिन्न मुलुकहरुमा नेपालीहरुलाई मनोपरामर्श सेवा प्रदान गर्दै आएको बताइन्। भूकम्पबाट प्रभावित जनसमुदायलाई सेवा दिने उद्देश्यले ह्याप्पी माइन्ड्सले निशुल्क टेलिफोन परामर्श सेवा सुरु गरेको र उक्त सेवा चौबिसै घण्टा खुला रहने पनि उनले जानकारी दिईन् । उद्धार तथा राहत कार्यमा संलग्न सुरक्षाकर्मी, स्वयम सेवक तथा स्वास्थ्यकर्मीहरुले दिइएको नम्बरमा कल गरी मानसिक स्वास्थ्य सम्बन्धी निःशुल्क परामर्श लिन सक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend