२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.0K
    SHARES

  • images
    भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग


    काठमाडौं । भूकम्प पीडितका लागि ज्योति विकास बैंकले ५ लाख सहयोग गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो ।

    बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा  ५ लाख आर्थिक सहयोग गरेको  आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

    उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend