२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 10.3K
    SHARES

  • images
    पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द


    काठमाडौं । पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् ।संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन् । त्यसमाथी इजरायली हमालका कारण क्षतिग्रस्त भएका कारण पनि बेकरी पसलहरू बन्द गरिएको छ।

    संयुक्त राष्ट्रले भनेको छ कि उत्तरको बजारमा गहुँको पीठो अब उपलब्ध छैन र सहायता संस्थाहरूले त्यहाँ सात दिनदेखि कुनै पनि खाद्यान्न वितरण गर्न असमर्थसमेत भएको छ।

    गाजाको दक्षिणमा भने केवल ९ बेकरीहरू भने अझै खुला भइरहेका छन, जसले पीठो र ईन्धन उपलब्ध भए पछि त्यहाँ आश्रयमा रहेकाहरूलाई रोटी प्रदान गर्ने गरेको छ ।

    संयुक्त राष्ट्रको राहत एजेन्सीको यो अपडेट त्यसबेला आएको हो, जुनबेला गाजाको आन्तरिक मन्त्रालयले गाजा शहर र उत्तर गाजाका सबै बेकरीहरू सोमबार बन्द गरेको बताएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend