२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै घलेम्दी हाइड्रो


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 11.6K
    SHARES

  • images
    मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै घलेम्दी हाइड्रो


    काठमाडौं । आगामी मङ्सिर १० गतेदेखि घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात् कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो।

    यसर्थ कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैङ्क, प्रभु बैङ्क र गरिमा विकास बैङ्कका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend