२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्पबाट ६७ विद्यार्थीको मृत्यु,१४७ विद्यालय क्षतिग्रस्त


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.2K
    SHARES

  • images
    भूकम्पबाट ६७ विद्यार्थीको मृत्यु,१४७ विद्यालय क्षतिग्रस्त

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति गरेको छ। दुवै जिल्लामा गरी ७८ बालबालिकाको मृत्यु भएको छ। जसमध्ये ६७ बालबालिका विद्यालयमा अध्ययनरत रहेको कर्णाली प्रदेश कायममुकायम सचिव चूडामणि पौडेलले बताए।

    कामु सचिव पौडेलका अनुसार हालसम्म करिब २० हजार घरमा क्षति पुगेको र त्यसमध्ये पनि आठ हजार घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्यांक छ। कर्णाली प्रदेश सरकारले तथ्यांक संकलन गर्ने कार्य थप व्यवस्थित र तीव्र बनाएको उनले जनाए।

    images

    प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ८५ र रुकुम पश्चिममा ६२ गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति पुगेको तथ्यांक प्राप्त भएको छ। त्यस्तै जाजरकोटमा ८० र रुकुम पश्चिममा दुई सय ६८ गरी कुल तीन सय ४८ विद्यालयमा आंशिक क्षति भएको छ। दुवै जिल्लामा गरी एक शिक्षकको मृत्यु भएको छ भने ७१ विद्यार्थी घाइते छन्।

    ‘हालसम्म प्राप्त तथ्यांकअनुसार एक सय ५३ जनाको मृत्यु भएको छ। जसमध्ये ७८ बालबालिका छन् भने विद्यालयमा अध्ययनरत ६७ विद्यार्थी छन्,’ कामु सचिव पौडेलले भने, ‘जाजरकोट र रुकुम पश्चिममा अझै पनि कुन समयमा कस्तो प्राकृतिक विपत्ति आइलाग्ने हो टुंगो छैन, निकै त्रासपूर्ण वातावरण छ।’ प्रदेश सरकारले शैक्षिक क्षतिबारे तथ्यांक संकलन गर्ने काम जारी राखेको छ।

    images

    ‘२०७२ सालको महाभूकम्पको अनुभव हामीसँग छ। तिहारपछि टिएलसी निर्माण गरी कक्षाकोठामा पठनपाठन सुरु हुन्छ,’ उनले भने, ‘एजुकेसन क्लस्टर लिने काम जारी नै छ। राहत, विद्यालय पुनर्निर्माण र पुनव्र्यवस्थापनको कार्य हामीलाई चुनौती थपिदिएको छ।’ तिहारलगत्तै पूर्ण क्षति भएका विद्यालयमा अस्थायी टहरा (टिएलसी) निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी प्रदेश सरकारको रहेको उनले जनाए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend