२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले हस्तान्तरण गर्यो राहत सामग्री


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 9.6K
    SHARES

  • images
    एनआरएन अध्यक्ष शर्मासहितको टोलीले हस्तान्तरण गर्यो राहत सामग्री


    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाड पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । 

    संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर सुवेदीले त्रिपाल ५०० सय थान, म्याट्रेस २ हजार मिटर, ब्ल्याङकेट, कम्बल ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरे । एनआरएनएले  कात्तिक १७ गतेको भूकम्पपछि प्रभावित नागरिकहरुका लागि राहत सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नारायण खत्रीले जानकारी दिए । भूकम्प गएपछि शर्मा नेतृत्वको टोली सुरुमा बाँकेको नेपालगञ्ज पुगेर घाइतेहरुलाई आर्थिक सहयोग गरेको थियो । टोली सोमबार रुकुम पश्चिम पुगेको थियो ।

    भूकम्पप्रभावित क्षेत्रमा पुगेको टोलीमा अध्यक्ष शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, निवर्तमान उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष राज रेग्मी, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, एनआरएनए अभियन्ता नारायण थापा, शनिकुमार ओली, बन्दना शर्मा, ओम शर्मालगायत छन् । राहत हस्तान्तरण गरेपछि अध्यक्ष शर्माले विदेशमा बस्ने नेपालीहरुले उठाएर प्रारम्भिक राहतका लागि सामग्री ल्याएको बताए । 

    राहत नपाएका ठाउँका प्रभावितहरुलाई पुर्याइदिन आग्रह गर्दै अध्यक्ष शर्माले एनआरएन भनेको विदेशमा बस्ने ८० लाख नेपालीको भावनासँग जोडिएकाले बास्तविक प्रभावितसमक्ष पुग्नेमा आफू आशावादी रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend