२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प पीडितको सहायताका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड सहयोग


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.2K
    SHARES

  • images
    भूकम्प पीडितको सहायताका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड सहयोग

     

    काठमाडौं। भूकम्प पीडितको सहायताका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक करोड रुपैंया आर्थिक सहयोग गरेको छ ।गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका छन् ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

    सहयोग हस्तान्तरणका अवसरमा बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend