२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तिहार र छठलाई लक्षित गर्दै कुमारी बैंकद्वारा ‘क्यासब्याक अफर’ सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.2K
    SHARES

  • images
    तिहार र छठलाई लक्षित गर्दै कुमारी बैंकद्वारा ‘क्यासब्याक अफर’ सार्वजनिक

     

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

    यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैङ्कद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यासब्याक दिइने छ ।क्यासब्याक रकम पोस , क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

    चाडबाडको अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

    कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend