२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल बन्द


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 9.2K
    SHARES

  • images
    इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल बन्द

     

    काठमाडौं । गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन । प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन् ।

    प्यालेस्टिनी प्राधिकरणका स्वास्थ्य मन्त्री माई अल काइलाका अनुसार गाजाका ६० भन्दा बढी अस्पताल र चिकित्सा केन्द्रहरू अब सेवा बाहिर रहेको जनाएका हुन् ।

    इन्धन र चिकित्सा आपूर्तिको अभावका साथै इजरायली बमबारीका कारण ३५ अस्पतालमध्ये १६ र ७२ मेडिकल सेन्टरमध्ये ५१ वटा सञ्चालनमा नआएको अल काइलाले बताए।

    प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले १४ हजार विस्थापित मानिसहरूलाई आश्रय दिने अल कुड्स अस्पतालमा इन्धन अभावको असरको बारेमा चेतावनी दिँदै गाजामा सहायता र आपूर्तिहरू उपलब्ध गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य र राहत संस्थाहरूलाई तत्काल अपील गरेको छ।

    ुअस्पतालको इन्धन भण्डार ४८ घण्टा भित्र सकिदैँछ र जीवन बचाउने उपकरण, नवजात शिशु इन्क्युबेटर र सघन हेरचाह एकाइहरू काम गर्न बन्द हुनेछन्,ु क्रिसेन्टले सोमबार एक विज्ञप्तिमा भनिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend