२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भिजन लुम्बिनीको आइपिओमा माग भन्दा ६ गुणा बढी आवेदन


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.1K
    SHARES

  • images
    भिजन लुम्बिनीको आइपिओमा माग भन्दा ६ गुणा बढी आवेदन


    काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओमा माग भन्दा ६ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीको आइपिओमा ११ लाख ९४ हजार ८ सय २० जनाले आवेदन दिएका छन् ।

    कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा झन्डै १२ लाख आवेदनकर्ताबाट १ करोड ३७ लाख ७६ हजार १ सय ६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग भन्दा साढे ६ गुणा बढी हो ।

    कम्पनीको शेयर हरेक आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नुपर्ने प्रावधान रहेको हुँदा २ लाख ७ हजार ५ सय २८ जना आवेदकलाई मात्र शेयर पर्ने देखिन्छ भने झन्डै पौने १० लाख आवेदकको हात खाली हुनेछ ।

    भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो लगानीकर्ताले कात्तिक २० गते कार्यालय समयभित्र दिएको आवेदनमा मागभन्दा ४.७६ गुणा बढी आवेदन परेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend