२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

५ हजार प्यालेस्टाइनीले छाडे उत्तरी गाजा


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.3K
    SHARES

  • images
    ५ हजार प्यालेस्टाइनीले छाडे उत्तरी गाजा


    काठमाडौं । गाजामा दुई भागमा विभाजन गरिएको भोलीपल्ट सोमबार मात्रै ५ हजार प्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन् । इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरे पछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन्।

    इजरायलले सोमबार स्थानीय समय अनुसार १०ः०० देखि १४ः०० बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो,’ संयुक्त राष्ट्रले भन्यो, ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जंक्शनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

    ‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्ण परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन,’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ ।

    ‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनि बिभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend