२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हमासले खोसेको खुसी


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.5K
    SHARES

  • images
    हमासले खोसेको खुसी

    images

    कृषिमा पोख्त बनेर गाउँमै कृषि फार्म खोल्ने र मनग्य आम्दानी गर्ने हुटहुटी थियो, सल्यानका प्रवेश भण्डारीलाई। गाउँमै कृषिबाट मनग्य आर्थिक लाभ लिन सकिन्छ भन्नेमा दृढ रहेका प्रवेशका लागि यही मेसो पहिल्याउन कृषि विज्ञान अध्ययन रोजाइको विषय बन्यो। अध्ययनका लागि उनी सुदूरपश्चिम कृषि विश्वविद्यालयमा भर्ना भए।

    कृषि सिक्नकै लागि इजरायल डो¥याइएका प्रवेश हमासको निसाना बने। कृषिविज्ञ बनेर मनग्य लाभ लिने उनको सपना मात्रै होइन, उनी स्वयं इजरायलमा अस्ताए। अनि परिवारको एक मात्रै भरोसा हमासले उडाइदियो। ‘हाम्रो भरोसा भनेकै छोरा थियो, इजरायलमा मारियो,’ प्रवेशका बुबा चक्र भण्डारीले भने, ‘हमासले हाम्रो सबथोक खोसिदियो।’

    कृषि विश्वविद्यालयमार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौ २६ मा इजरायल उडेका थिए प्रवेश। त्यहाँ पुगेर कृषि फार्ममा काम थालेका प्रवेशले दिनहुँ घरमा इन्टरनेटमार्फत कुराकानी गरिरहन्थे। ‘सुन्तला टिप्ने काममा लागेको छु, काम धेरै गाह्रो छैन भनेर भन्थ्यो,’ बाबु चक्रले भने, ‘यहाँ काम सिकेर सल्यानमै कृषि फार्म खोल्छु भन्थ्यो।

    असोज १९ गते बाबुछोराको अन्तिम संवाद भएको थियो। अनलाइनमार्फत दुईतर्फी हालखबर सोधासोध भयो। त्यसपछि प्रवेश एकाएक सम्पर्कविहीन भए। हमासको आक्रमणमा परी थुप्रै विद्यार्थी सम्पर्कविहीन भएका खबर निरन्तर आउन थाले। बाबु चक्र झनै आत्तिन थाले। तर प्रवेशसँग सम्पर्क हुनै सकेन। ‘त्यहाँ लडाइँ परेको, विद्यार्थी घाइते भएको, बेपत्ता भएकोलगायत खबर आउन थाले,’ चक्र भन्छन्, ‘मन झनै आत्तियो तर छोरा प्रवेशसँग जति कोसिस गरे पनि सम्पर्क हुनै सकेन।’

    images
    images

    फोन सम्पर्क हुनै नसकेपछि छोरा प्रवेशलाई केही न केही भएको आशंका मनमा गहिरिँदै गयो चक्रको। तर उनको कामना विफल बन्यो। हमासले गरेको आक्रमणमा परेर मृत्यु भएका १० जनाको सूचीमा प्रवेशको नाम र फोटो सार्वजनिक भयो। अनि बल्ल चक्रले आफ्नो छोराको अवस्थाबारे थाहा पाए। एक्लो छोरा प्रवेशको निधनको खबरले परिवार विक्षिप्त बन्यो। यति मात्रै होइन, सिंगो परिवारको आडभरोसा नै तोडियो। कृषिमा केही गर्ने र राम्रो आर्थिक आम्दानी गर्ने प्रवेशले सुनाउँदा भविष्यमा कृषि क्षेत्रबाटै आर्थिक मुनाफा हुने सपनामा बाँचिरहेका थिए चक्र। तर अब न त कृषि फार्म नै खोलिनेछ, न त छोराले मनग्य आर्थिक लाभ नै गर्ने छन्।

    छोराको मृत्यु भएको जानकारी पाएपछि विक्षिप्त परिवार उनको शवको प्रतीक्षामा थियो। तर शव आउने हो कि नआउने भन्ने आशंकामा परिवार थियो। शनिबार राति मात्रै सरकारले इजरायलमा मृत्यु भएकाहरूको शव नेपाल ल्यायो। जसमा प्रवेशको शव पनि नेपाल आयो।तर शव सल्यानसम्म ल्याउन नमिल्ने जस्तो कुरा गर्न थाले,’ चक्र भन्छन्, ‘तर जसरी पनि मेरो छोराको शव सल्यानमै दाहसंस्कार गर्न पाउनु पर्छ भनेर अडान लिएँ।’ सल्यानका प्रहरी प्रमुखसँगको समन्वयका आधारमा सरकारले प्रवेशको शव सल्यान ल्याइदियो। आइतबार काठमाडौंबाट विमानमार्फत प्रवेशको शव सुर्खेत झारियो। सुर्खेतबाट दाङ हुँदै आइतबार साँझ ७ बजे प्रवेशको शव सल्यानको शारदा नगरपालिका–३ स्थित घर पुगेको थियो। उनको परिवारले आइतबार राति नै प्रवेशको अन्त्येष्टि गरेको छ। ‘आइतबार साँझ ७ बजेतिर शव घर आइपुग्यो,’ चक्रले भने, ‘राति नै अन्त्येष्टि ग¥यौं।’ इजरायलको किबुज भन्ने स्थानमा सुन्तला फार्ममा काममा जोडिएका थिए प्रवेश। हमासले उक्त स्थानमा २० असोजमा गरेको आक्रमणमा प्रवेशको मृत्यु भयो।  

    images

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend