२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 7.9K
    SHARES

  • images
    साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने


    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई दश बोरासम्म चिनी दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिंग मार्फत किन्ने प्रबन्ध गरेको थियो ।

    यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले राजधानी काठमाडौंका बिभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौं बोरा चिनी बरामद गरेको थियो ।

    उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिंगले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्रि वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारिले समेत दश बोरा चिनी बिक्रि वितरणका लागि किन्न पाउने भएका छन् ।

    यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले आजदेखि साल्ट ट्रेडिंगको कालिमाटी शाखा र भोलीदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend