२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अन्तर्राष्ट्रिय लगानीलाई सधैँ स्वागत हुन्छ : अर्थमन्त्री


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 9.2K
    SHARES

  • images
    अन्तर्राष्ट्रिय लगानीलाई सधैँ स्वागत हुन्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ३७औँ क्यासी सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गरे । नेपालको जलविद्युत्मा अथाह सम्भावना रहेको पनि उनले बताए ।

    images

    नेपालको बिजुली किन्न भारत तयार रहेको भन्दै उनले १० वर्षमा ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा पनि सम्भावना रहेको भन्दै उनले लगानी बढाउन आग्रह गरे ।

    “नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,” उनले भने, “नेपालमा लगानी गर्नेलाई सरकारलले स्वागत गर्छ । वातावरण बनाउँछ ।”

    images

     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend