२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 9.1K
    SHARES

  • images
    भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

    चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

    आइतबार बसेको महानगरको ८७ औँ कार्यपालिका बैठकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको हो। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग गर्ने उद्देश्यले सहयोग गर्ने निर्णय भएको जानकारी दिइन्।

    महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग संकलन गरेर एक करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्न लागिएको हो। 

    भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्ययान्न सहयोगका लागि महानगरले सम्पूर्ण भरतपुरबासीमा आह्वान समेत गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend