२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 7.1K
    SHARES

  • images
    भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

    जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्। यस क्रममा एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

    कम्पनीले ग्राहकलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व) मा रहेका ग्राहकलाई ४० लाख रूपैयाँ ब्यालेन्स बाराबरको सेवाहरू निःशुल्क उपलब्ध गराउने भएको हो। साथै यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन्। समयसीमा १५ दिनको रहने कम्पनीले जनाएको छ।

    यस्तै एनआइसी एसिया बैंकले पनि जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि ५१ लाख रूपैयाँ नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ। भूकम्पबाट उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा बैंकले सो नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो।

    यस्तै सिटिजन्स बैंकले पनि भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ दिने निर्णय गरेको छ। बैंकले सो घटनाबाट प्रभावित सम्पूर्णका लागि तत्काल सहयोग तथा राहत पुग्ने विश्वास लिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend