२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्शियल बैंकद्वारा भूकम्प प्रभावितहरुका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.0K
    SHARES

  • images
    प्राइम कमर्शियल बैंकद्वारा भूकम्प प्रभावितहरुका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग

    आइतवार, कार्तिक १९ २०८०
    काठमाण्डौ । प्राइम कमर्सियल बैंकले भूकम्प प्रभावितहरुका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । यहि कार्तिक १७ गते, शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको घटना प्रति दुःख व्यक्त गर्दै उक्त सहयोग गरेको हो । 

    बैंकको तर्फबाट भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  जम्मा हुनेगरी  उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो । 

    बिनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना समेत बैंकले गरेको छ । 
    साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend