२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

लुम्बिनी प्रदेश तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाखको भ्रष्टाचार मुद्दा


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.2K
    SHARES

  • images
    लुम्बिनी प्रदेश तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाखको भ्रष्टाचार मुद्दा

    लुम्बिनी प्रदेशका तत्कालिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

    आर्थिक वर्ष २०७५।०७६ मा विभिन्न कृषि समूह/सहकारी/संस्थामार्फत किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुर, चितवनले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने भनी फारम भराई रकम लिएको र अनुदानमा वितरण भएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरणको क्रममा कृषकलाई स्पेसिफिकेसन र सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

    सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी÷नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरी सम्झौता बमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्राण्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरी प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपैयाँ बदनियतपूर्वक हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

    सोही विषयमा तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीलाई पनि अख्तियारले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

    यस्तै, आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्राण्डको वितरण गर्नुपर्ने मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरी, सम्झौता बमोजिम नै मिनिटिलर खरिद र वितरण गरेको भनी भुक्तानी माग गरी प्रदेश सरकारलाई बदनियतपूर्वक एक करोड ३१ लाख ६० हजार हानि पुर्‍याई भुक्तानी लिएको अख्तियारको ठहर छ।

    उनीहरु सबैविरुद्ध विगो जनही रु१ करोड ३१ लाख ६० हजार रुपैयाँ कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend