२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जाजरकोटमा फेरि भूकम्पको धक्का


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 9.5K
    SHARES

  • images
    जाजरकोटमा फेरि भूकम्पको धक्का

    काठमाडौँ । जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यसअघि, आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend