२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२१.४६ अंकले ओरालो लाग्यो शेयर बजार


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.8K
    SHARES

  • images
    २१.४६ अंकले ओरालो लाग्यो शेयर बजार


    काठमाडौं । आइतबार शेयर बजार परिसूचक २१ अंक भन्दा बढीले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक २१ दशमलव ४६ अंकले ओरालो लागेको हो । आइतबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८२६ दशमलग २३ विन्दुमा पुगेको छ ।

    गत हप्ता ३ प्रतिशतले घटेको बजार यो हप्ताको पहिलो दिन नै १.१६ प्रतिशतले घटेको हो । आज २८९ कम्पनीका ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर ३९ हजार ३२२ पटक किनबेच भएका छन् । जसबाट ९७ कराड २३ लाख ६७ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    त्यस्तै आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि राताम्य देखिएको छ । सेन्सेटिभ इन्डेक्स ५ दशमलव ३६ अंकले घटेर ३५२ दशमलव ३९ विन्दुमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend