२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.2K
    SHARES

  • images
    भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने

    काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    आइतबार बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    ‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमानुसार दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको छ’, सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

    शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएपछि शनिबार बिहानैदेखि देशभरबाट उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा केन्द्रित भएका छन् ।

    विभिन्न प्रदेश सरकार र संघीय सरकारले पनि स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम गरिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend