२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

डोटीमा जिप दुर्घटना, चारको घटनास्थलमै मृत्यु


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.6K
    SHARES

  • images
    डोटीमा जिप दुर्घटना, चारको घटनास्थलमै मृत्यु


    काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार महिनाको शिशु सहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको छन् । एकको अवस्था गम्भीर रहेको छ ।

    आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौल,केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र उनको ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

    घाइते हुनेमा हिमाली गाउँपालिका– ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, ,२१ वर्षीया विमला मलाल, २१ वर्षकै राजबहादुर मलाल र २४ वर्षीय दानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    जिप सडकदेखि ६० मिटर तल खसेको छ । तर,दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। चालक २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend