२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मंसिर ४ गतेदेखि अर्को म्युचुअल फण्ड निस्कासन गर्दै एनआईसी एसिया


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 12.0K
    SHARES

  • images
    मंसिर ४ गतेदेखि अर्को म्युचुअल फण्ड निस्कासन गर्दै एनआईसी एसिया


    काठमाडौं । एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड आगामी मंसिर ४ गतेदेखि निस्कासन गरिने भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निस्कासन हुन लागेको हो ।

    कुल १ अर्ब रुपैयाँ बराबरको यो योजनामा १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकले लगानी गर्नेछ ।म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।र्वसाधारण आवेदकले सेयरमा जसरी नै अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend