२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो अमेरिकन डलर


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 9.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो अमेरिकन डलर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसामा कारोबारको अनुमति दिएको छ ।

    हिजो अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा र युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसामा कारोबारको अनुमति दिएको थियो ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ७२ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १६ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

    जापानी येन १० को खरिददर ८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८९ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १७ पैसा तथा बिक्री दर १८ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

    साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend