२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 10.0K
    SHARES

  • images
    भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो


    काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । दुवै जिल्लामा गरी एक सय ७० जना घाइते भएका छन् ।

    गृहमन्त्रालयले साँझ ८ बजे सम्म जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ६, रुकुम पश्चिममा ८६, दैलेख, जुम्ला, प्युठान र बैतडीमा तीन÷तीन तथा सल्यानमा दुई तथा दाङ र रोल्पामा एक जना घाइते भएका छन् ।

    शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend