२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जाजरकोट भूकम्पः कर्णाली प्रदेश सरकारले आज शोक मनाउने


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 7.1K
    SHARES

  • images
    जाजरकोट भूकम्पः कर्णाली प्रदेश सरकारले आज शोक मनाउने

    १९ कार्तिक २०८०, आइतबार  

    वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ । शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।

    शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसमम एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुबै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीनरतीन तथा रोल्पामा एक जना घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend