२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कर्णाली राजमार्गमा हाइस दुर्घटना: तीन घाइते, एक गम्भीर


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 7.7K
    SHARES

  • images
    कर्णाली राजमार्गमा हाइस दुर्घटना: तीन घाइते, एक गम्भीर

    कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका-२ नयाँ बजार नजिकै काँक्रेविहार यातायात प्रालिको हाइस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

    कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत शनिबार दिउँसो अन्दाजी २ बजेर ५० मिनेटमा हाइस दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२-००१ ख ०७२१ नम्बरको हाइस जुम्लादेखि सुर्खेतसम्मका लागि छुटेको थियो।

    दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले बताए।

    घाइते हुनेमा दैलेख जिल्ला दुल्लु नगरपालिका-३ का वर्ष  २५ का तिलक थापा, दैलेख जिल्ला भैरवी गाउँपालिका-४ का २३ वर्षीय खगेन्द्र थापा रहेका छन्। गम्भीर घाइते हुनेमा अन्दाजी १३ वर्षका मिस्कल शाही रहेका छन्। उनलाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल कालागाँउमा रिफर गरिएको छ। अन्यको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक पोषण थापाले बताए।

    उक्त हाइसमा १८ जना सवार थिए। दिउँसो ३ बजे दुर्घटना भएको खबर पाउनसाथ प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको थियो। अन्य यात्रुहरू सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend