२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दश करोडकाे सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 8.6K
    SHARES

  • images
    दश करोडकाे सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

    चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

    नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन्।

    त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो।

    हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend