२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 9.0K
    SHARES

  • images
    इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

    काठमाण्डौ – दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ ।

    फ्लाइ दुबइको विमानमार्फत आज दिउँसो २ बजे सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब बाँकी रहेको डोटी लामिखाल–८ का पदम थापाको शव आज रातिसम्ममा आइपुग्नेछ ।’

    दक्षिणी इजरायलमा गएको असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म सल्यान सारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । त्यसै आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन हुनुुहुन्छ । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend