२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ब्याज आम्दानी बढेर इम्पेरमेन्ट चार्ज घट्दा निफ्राको ईपिएस ९ प्रतिशतले बढ्यो


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 7.2K
    SHARES

  • images
    ब्याज आम्दानी बढेर इम्पेरमेन्ट चार्ज घट्दा निफ्राको ईपिएस ९ प्रतिशतले बढ्यो

     

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार बैंकको इम्पेरमेन्ट  चार्ज घटेर खुद नाफा बढ्दा प्रति सेयर आम्दानीमा पनि ९ प्रतिशतको सुधार आएको छ।

    खुद आम्दानी 

    उक्त त्रैमासमा निफ्राले ४१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो। आम्दानी ९.३२ प्रतिशतले बढेको हो।

    खुद ब्याज आम्दानी बढ्यो, इम्पेरमेन्ट चार्ज पनि घटेपछि नाफा बढ्यो 

    यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ। आश्विन मसान्त सम्म बैंकले ब्याज मार्फत ७० करोड १५ लाख ब्याज आम्दानी गरेको छ जुन गएको आर्थिक वर्षमा ६५ करोड ५७ लाख रहेको थियो। जुन ६.९८ प्रतिशतले बढेको हो। तेस्तै बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५५.२१ प्रतिशत घटेको छ। जसका कारण सञ्चालन मुनाफा बढ्न पुगेको छ।

    सञ्चालन मुनाफा 
    सञ्चालन मुनाफा ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ६३ करोड ९० लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ६९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। 

    वितरण योग्य मुनाफा
    २१ करोड २४ लाख रुपैयाँ 

    प्रति सेयर आम्दानी
    बैंकको नाफाले बैंकको प्रति सेयर आम्दानी बढाएको छ।गत आर्थिक वर्षको यहि समिक्षा अवधिमा ७ रुपैयाँ ०१ पैसा रहेको प्रति सेयर आम्दानी अहिले बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ। 

    मूल्य आम्दानी अनुपात
    २४.३६ गुणा रहेको छ

    प्रति सेयर नेटवर्थ 
    ११२ रुपैयाँ ०२ पैसा

    निक्षेप संकलन तथा कर्जा लगानी 
    ८२ करोड ३३ लाख रुपैयाँ बैंकले निक्षेप संकलन  गरेर  १८ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    चुक्तापुँजी 
    २१ अर्ब ६० करोड रुपैयाँ

    रिजर्भ
    २ अर्ब ५९ करोड रुपैयाँ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend